punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अत्यावश्यक काम बाहेक विदेश भ्रमणमा नजान सरकारको आग्रह

Chaupati
safha napa

सरकारले कोभिड–१९ को ओमिक्रोन भेरियन्टको जोखिमलाई मध्यनजर राख्दै अत्यावश्यक काम बाहेक विदेश भ्रमण नगर्न आग्रह गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले बुधबार विज्ञप्ति जारी गर्दै ओमिक्रोन भेरियन्टको संक्रमणलाई दृष्टिगत गर्दै अत्यावश्यक काम बाहेक विदेश भ्रमण नगर्न र सावधानी अपनाउन अनुरोध गरेका हुन् ।

हालसम्म ओमिक्रोन भेरियन्ट नेपालमा फेला परिनसकेको भन्दै डा। अधिकारीले यो भेरियन्ट भित्रिन नदिनका लागि आवश्यक निगरानी तथा परीक्षणको दायरालाई फराकिलो पारिएको बताए ।

हेर्नुहोस् मन्त्रालयको विज्ञप्ति :


१५ मंसिर २०७८, बुधवार १६:२५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु