punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बाजुरा जिप दुर्घटना : घाइते सह–चालकको मृत्यु

Chaupati
safha napa

बाजुरामा जिप दुर्घटनामा परेका सह–चालकको मृत्यु भएको छ ।दुर्घटनामा परि मृत्यु हुनेमा बडीमालिका नगरपालिका – १ का २४ वर्षीय भीम बहादुर दानी रहेका छन् ।

दुर्घटनामा परेका घाइतेको जिल्ला अस्पताल बाजुरामा उपचार सम्भव नभएपछि थप उपचारका लागि धनगढी ल्याउँदै गर्दा डोटीको पुर्विचौकी गाउँपालिकाको सानागाउँ नजिकै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

सदरमुकाम मार्तडीबाट जडाङ्गा तर्फ जाँदै गरेको से १ ज ९६० नम्बरको जिप आइतबार बिहान ५ बजे दुर्घटना भएको थियो । जिपमा सवार सह–चालकको टाउको, ढाडमा गम्भीर चोट लागेको थियो ।

जिप सडक देखि करिब १ सय २० मिटर तल खसेको प्रहरीले जनाएको छ । जिप चालकलाई जिल्ला प्रहरी कार्यालय बाजुराले नियन्त्रणमा लिएको बताएको छ ।


१२ मंसिर २०७८, आइतवार १७:१२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु