punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीका ५ क्षेत्रमधे ४ क्षेत्रको सभापतिमा शाह पक्षधर विजय, सबै इकाईमा वर्चश्व

Chaupati
safha napa

नेपाली काँग्रेसको १४औ महाधिवेशन अन्तरगत कैलाली जिल्लामा मसिर ६ गते बाट प्रारम्भ भएको संघिय क्षेत्रीय अधिबेशन सम्पन्न भएको छ । उक्त अधिबेशनबाट निर्वाचित क्षेत्रीय सभापतिमा ५ जना मध्य ४ जना बर्तमान पार्टी सभापती नर नारायण शाह मनुको प्यानल निर्वाचित भएका छन् ।

जस अन्तर्गत क्षेत्र नं १ मा प्रकाश शाह, क्षेत्र न २ बिष्णु ढकाल, क्षेत्र न ३ रिता चौधरी र क्षेत्र न ५ भिम पडाल रहेका छन्। क्षेत्र न ४ का सभापति वसन्त रोकाया ललित भने शाह प्यानल भन्दा ईतरका छन् ।

यस्तै कार्तिक २७ गते सम्पन्न १२६ वटा वडा अधिबेशनबाट ९० भन्दा बढी वडामा सभापति प्यानल नै बिजय भएका छन् । त्यस्तै मसिर ३० गते सम्पन्न पालिका अधिबेशनमा १३ पालिका मध्य ११ वटा पालिकामा शाह पक्षका बिजय भएका छन ्। त्यस्तै १० वटा प्रदेश अधिबेशनबाट ९ प्रदेश सभापती शाह प्यानलले जितेका छन् ।

त्यस्तै संघिय अधिबेशनका प्रतिनिधिमा १३० मध्य ११७ जना शाह प्यानलका बिजयी भएका छन् । भने प्रदेश अधिबेशनमा १७० प्रदेश अधिबेशन प्रतिनिधि मध्य १३० प्रतिनिधि पनि शाह प्यानलले नै जित हासिल गरेका छन् ।

साथै मसिर १० गते हुने जिल्ला अधिबेशनको आज हुने भनेको जिल्ला अधिबेशनको मनोनयन भने आज बस्ने जिल्ला कार्य समिती कैलाली बैठकले तय गर्ने प्रचार समितिका संयोजक नृप बहादुर सुनारले जानकारी दिए ।


१० मंसिर २०७८, शुक्रवार ०८:१३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु