punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत दोस्रो चरणका खेलहरु आजदेखि

Chaupati
safha napa

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत दोस्रो चरणका खेलहरु आजदेखि  सुरु हुँदैछन् ।त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा आज सातदोबाटो युथ क्लब र थ्री स्टार क्लब दिउँसो १ बजे तथा सङ्कटा र फ्रेन्ड्स क्लब बेलुका पौने ५ बजे खेल्दैछन् ।

पहिलो खेलमा सातदोबाटोले फ्रेन्ड्सविरुद्ध गोलरहित बराबरी खेलेको थियो । थ्री स्टार भने लगातार दोस्रो जितको खोजीमा रहेको छ ।

शीर्ष स्थानको थ्री स्टारले पहिलो खेलमा च्यासल युथ क्लबलाई ३–० ले हराएको थियो । यस्तै सङ्कटाले पहिलो खेलमा हिमालयन शेर्पासँग १–१ गोलको बराबरी खेलेको थियो ।


१० मंसिर २०७८, शुक्रवार ०८:१७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु