कांग्रेस कञ्चनपुर क्षेत्र नम्बर–१ को सभापतिमा उपाध्याय निर्वाचित
नेपाली काँग्रेसको कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ को सभापतिमा गोपीप्रसाद उपाध्याय निर्वाचित भएका छन् । मंगलबार सम्पन्न नेपाली काँग्रेसको क्षेत्रीय अधिवेशनबाट उनी निकटतम प्रतिद्वन्द्वी हरि चन्द ठकुरीलाई पराजित गदै क्षेत्रीय सभापतिमा विजयी भएका हुन् ।
मंगलबार सम्पन्न मत गणना अनुसार उनले २६७ मत प्राप्त गरे भने प्रतिद्वन्द्वी ठकुरीले २२९ मत मात्रै प्राप्त गरे ।
त्यस्तै सचिवमा ३४७ मत सहित बिसराम राना र २७३ मत सहित पदमबहादुर रोकाया निर्वाचित भएका छन् । सचिव पदका निकटतम प्रतिद्वन्द्वी हरिप्रसाद भट्टले २२१ मत मात्रै प्राप्त गरे ।
सहसचिव पदमा २७० मत सहित सुरेन्द्र राना र २६० मत सहित हर्कबहादुर बिष्ट निर्वाचित भएका छन् । सहसचिव पदका निकटतम प्रतिद्वन्द्वी तीर्थराज उपाध्यायले २१४ र जयबहादुर कुँवरले १८७ मत मात्रै प्राप्त गरेका हुन् ।
यस्तै नेपाली कांग्रेस कञ्चनपुर निर्वाचन क्षेत्र नं २ को सभापतिमा लालबहादुर सिंह निर्वाचित भएका छन् । सिंह ३४१ मत प्राप्त गर्दै सभापतिमा विजयी भएका हुन् ।
उनका निकटमप्रतिद्वन्द्वी नबराज जोशीले १५७ मत मात्रै प्राप्त गर्न सके । नेपाली कांग्रेस कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ को सभापतिमा केशबहादुर चन्द निर्वाचित भएका छन् ।
७ मंसिर २०७८, मंगलवार १८:३२ बजे प्रकाशित












