कैलाली क्षेत्र नम्बर ४ मा बसन्त रोकाया प्यानल बिजयी
नेपाली काँग्रेस १४ औं महाधिवेसन प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ४ कैलालीको सभापतीमा बसन्त रोकाया ुललितु निर्बाचित भएका छन् । उनले सभापतिका अर्का उम्मेदवार दिनेशराज जोशीलाई ४८ मतान्तरले हराएका छन् ।
सभापतीमा रोकायाले २७९ मत पाएका छन् भने जोशीले २३१ मत पाएका छन् । समितिको पदाधिकारीमा सबै रोकाया प्यानल कै उम्मेदवारी बिजयी भएका छन् । क्षेत्रीय सचिवमा रोकाया प्यानल कै जयराज फुलारा (२७२) र बिश्णु प्रषाद भाट (२८४) निर्बाचित भएका छन् ।
यस्तै सह–सचिब करुणाकर भट्ट (२६२) र रामदुलारी चौधरी (२७४) निर्बाचित भएका छन् । सदस्यहरुमा पनि रोकाया प्यानल कै उम्मेदवार निर्बाचित भएका छन् ।
यस्तै महाधिबेशन प्रतिनिधिमा पनि रोकाया प्यानलकै अधिकांस उम्मेदवार अगाडि देखिएका छन् ।
७ मंसिर २०७८, मंगलवार १८:०३ बजे प्रकाशित












