नेकपा एकीकृत समाजबादी तुर्माखाद–७ को वडाध्यक्षमा चलाउने

अछामको तुर्माखाद गाउँपालिका–७ को तोषीमा नेपाल कम्युनिष्ठ पार्टी (एकीकृत समाजवादी)को वडा कमिटी गठन गरिएको छ ।

शेरबहादुर चलाउनेको अध्यक्षतामा १९ सदस्यीय वडा कमिटी गठन गरिएको छ । कमिटीको उपाध्यक्षमा काशी दास, सचिव भुमिनन्द जैशी, उपसचिव पूर्णबहादुर चलाउने चयन भएका छ्न् ।

अगुवा नेता भूमिनन्द जैशीको अध्यक्षतामा भएको प्रथम भेलाका प्रमुख अतिथी नेपाल कम्युनिष्ठ पार्टी (एकीकृत समाजवादी)का जिल्ला कमिटी अध्यक्ष हिरण्ड भट्टराई रहेका थिए ।

भेलालाई सम्बोधन गर्दै जिल्ला कमिटी अध्यक्ष भट्टराईले केपी शर्मा ओलीको प्रतिगमनका विरुद्ध पार्टीमा बिद्रोह भएको बताए। उनले नेपाली जनताले नेकपालाई दिएको दुई तिहाई बहुमत केपी ओलीको गलत प्रवृत्तिका कारण समाप्त भएको आरोप लगाए ।

प्रथम भेलामा जिल्ला कमिटी उपाध्यक्ष योगेन्द्र बिष्ट, उपसचिव डवल चलाउने, सचिवालय सदस्य एवम् तुर्माखाद गाउँपालिका ईन्चार्ज कुलबहादुर शाही, जिल्ला कमिटी सदस्य, पन्चदेवल बिनायक गाउँ कमिटी अध्यक्ष ललित शाही, जिल्ला कमिटी सदस्य करुणाकर देवकोटा, लिला न्यौपाने, उपेन्द्र नेपालीलगायतको सहभागिता रहेको थियो ।

भीमबहादुर चलाउनेले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन मायाराम उपाध्यायले गरेका थिए ।


७ मंसिर २०७८, मंगलवार १९:३२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु