सेती अस्पतालको प्रयोगशालामा थप ७ जनामा कोरोना पुष्टि

धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा भएको परिक्षणमा थप ७ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ४७ नमुना परिक्षण गर्दा थप ७ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।

यस्तै २४ घण्टामा दुई जना संक्रमित विरामी निकोे भई अस्पतालबाट डिस्चार्ज भएका छन । भने तीन जना नयाँ संक्रमित विरामी अस्पताल भर्ना भएका छन ।

हाल अस्पतालमा पाँच जना संक्रमितको उपचार भइरहेको छ । जसमध्ये एक जना संक्रमितको आइसियुमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।


७ मंसिर २०७८, मंगलवार १४:४० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु