punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पुनः अधिवेशनको मागसहित अनसन बस्दै डडेलधुराका नेता कार्यकर्ता

Chaupati
safha napa

पुनः अधिवेशनको माग गर्दै नेपाली कांग्रेस डडेलधुराका नेता कार्यकर्ता अनसन बस्ने भएका छन्। एकतर्फी रुपमा गरिएको अधिवेशन बदरको माग राख्दै उनीहरु पार्टी केन्द्रीय कार्यालयमा अनसन बस्न काठमाडौं आएका हुन्।

जिल्लाका ६० जना भन्दा बढी नेता कार्यकर्ता अनसनका लागि काठमाडौं आइपुगेका छन्। देउवाको गृह जिल्लामा असन्तुष्ट पक्षले वडा र पालिका अधिवेशन पुन गर्न माग गरेको छ।

क्रियाशील सदस्यताको विवाद अन्त्य नहुँदै डडेलधुरामा वडा र पालिका अधिवेशन गरिएको थियो। उक्त अधिवेशनलाई जिल्ला सभापति कर्णबहादुर मल्ल पक्षले बहिष्कार गरेको थियो। वडा र पालिका अधिवेशन बदर गरेर पुनः गर्न माग गरिएको छ।

निर्वाचन समितिले उक्त अधिवेशनलाई मान्यता दिएको छ। मल्ल पक्षधर जिल्ला पार्टी कार्यालयमा दश दिन रिले अनसन बसेका थिए।षडयन्त्र गरी अन्य संरचनाको अधिवेशन भए अमान्य हुने महासमिति सदस्य हरि भट्टले बताए। डडेलधुराको सन्दर्भमा नयाँ अधिवेशन हुनुपर्ने असन्तुष्ट पक्षको माग छ।

आन्दोलन गर्दागर्दै पनि पेलेरै अधिवेशन गरिए नयाँ कार्यसमितिलाई अस्वीकार गर्ने उनले चेतावनी दिए। मंसिर १ गतेदेखि केन्द्रीय कार्यालय सानेपामा अनसन सुरु गर्ने बताइएको छ। आन्दोलनको तयारीका लागि जिल्ला सभापति मल्ल केही दिन अघिदेखि काठमाडौंमा छन्। उनले संस्थापनइतरका नेताहरुलाई भेटेर थप पहलकदमीको आग्रह गरेका थिए।


१ मंसिर २०७८, बुधवार ०८:४८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु