punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

डेढ लाख घुससहित दुई वडा सदस्य पक्राउ

Chaupati
safha napa

सर्लाहीमा दुई वडा सदस्यलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुससहित रंगेहात पक्राउ गरेको छ। इश्वरपुर नगरपालिका–११ का वडा सदस्यद्वय सोनेलाल साह र उमेश रायलाई उपभोक्ताबाट घुसवाफत लिएको एक लाख ५० हजार रुपैयाँसहित अख्तियारले पक्राउ गरेको हो।

अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार ढलान सम्बन्धी काम सम्पन्न पश्चात उपभोक्ता समितिलाई कार्य सम्पन्न सिफारिस गरिदिएवापत उनीहरूले उक्त घुस लिएका थिए।

अख्तियार बर्दिवासबाट गएको टोलीले साह र रायलाई उक्त रकमसहित लालबन्दी नगरपालिका–७ स्थित सोनेलाल साहको कृष्ण इन्टरप्राइजेजबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको रिसालले जानकारी दिए।


२९ कात्तिक २०७८, सोमवार १८:२६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु