punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा विप्लव नेकपाद्वारा नेपाल बन्दको घोषणा

Chaupati
safha napa

सरकारले पेट्रोलियम तथा खाद्यवस्तु जस्ता अत्यावश्यक बस्तुमा मूल्यबृद्धि गरेको भन्दै विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले नेपाल बन्दको घोषणा गरेको छ।

बिहीबार पार्टीका महासचिव विप्लवले एक प्रेस वक्तव्यमार्फत नेपाल बन्दसहितको सङ्घर्षको कार्यक्रम घोषणा गरेका हुन्।

महासचिव विप्लवले कात्तिक, २५ गते दिउँसो ३ बजे देशव्यापी बिरोध प्रदर्शन, कात्तिक, २६ गते प्रचार÷प्रसार र साँझ मशाल जुलुस, कात्तिक, २७ गते देशव्यापी प्रदर्शन दिउँसो १ बजेदेखि २ बजेसम्म १ घण्टा, कात्तिक, २८ गते बिहान १० देखि ११ बजेसम्म १ घण्टा चक्का जाम, कात्तिक, २९ गते दिउँसो सिठ्ठी जुलुस, साँझ मशाल जुलुस र कात्तिक, ३० गते नेपाल बन्दसम्मका कार्यक्रमहरू घोषणा गरेका हुन्।

‘हाम्रो पार्टी जनसरोकारको यो अन्यायपूर्ण उत्पीडनलाई मुकदर्शक भएर हेरिरहँन सक्दैन। तसर्थ सम्पूर्ण मूल्यबृद्धिका विरुद्ध सशक्त प्रतिरोध सङ्घर्षमा उत्रन पार्टीका सबै जनवर्गीय सङ्गठन र समस्त जनसमुदायमा हार्दिक अपिल गर्दछ। साथै जनभावनाको कदर गर्दै मूल्यवृद्धि तुरुन्त खारेज गर्न सरकारसँग पनि अपिल गर्दछ।’ विज्ञप्तिमा भनिएको छ।


२५ कात्तिक २०७८, बिहीवार १२:४३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु