सेती अस्पतालमा थप ६ जनामा कोरोना पुष्टि
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६१ नमूनाको कोरोना परिक्षण गरिएकोमा ६ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।
अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टामा थप एक कोरोना संक्रमित उपचारका लागि अस्पताल भर्ना भएका छन ।
हाल अस्पतालमा ३ कोरोना संक्रमति उपचाररत रहेका छन ।जसमध्ये २ कोरोना संक्रमितको आइसियु र १ कोरोना संक्रमितको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।
२४ कात्तिक २०७८, बुधवार १४:४७ बजे प्रकाशित






























