punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

महाकालीमा बेपत्ता जयसिंह परिवारलाई आर्थिक सहयोग हस्तान्तरण

Chaupati
safha napa

गत साउन १५ गते भारतीय एसएसबीले तुइन फुस्काइदिएर महाकाली नदीमा वेपत्ता भएका जयसिंह धामीको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । सुदूरपश्चिम समाज मेरिल्याण्ड अमेरिकाले वेपत्ता जयसिह परिवारलाई दुई लाख रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको हो ।

फारवेस्ट राईडरको सहआयोजनामा सदरमुकाम खलंगामा एक कार्यक्रमको आयोजना गरि रकम हस्तान्तरण गरिएको छ । फारवेस्ट राइडरका सुदूरपश्चिम अध्यक्ष भरतविक्रम शाहले जयसिह धामीका श्रीमति राजन्ती धामीलाई सहयोग रकम हस्तान्तरण गर्नुभएको हो ।

मेरिल्याण्ड अमेरिकाका अध्यक्ष दमन विक्रम शाहको अगुवाईमा धामी परिवारको लागि राहत रकम संकलन भएको थियो ।

वेपत्ता जयसिह धामीका एक छोरा र एक छोरीको पढाई लेखाईमा सहयोग पुगोस भन्नको लागि रकम संकलन गरि हस्तान्तरण गरिएको अध्यक्ष शाहले बताए ।सहयोग रकमलाई सही ठाउँमा सदुपयोग गर्न समेत उनले आग्रह गरे । रकम पाए पछि राजन्ती खुसी र भावुक बनेका थिए ।


२४ कात्तिक २०७८, बुधवार १४:४४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु