punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

दोधारा चाँदनीको कञ्जभोज जोड्न नदीमा पक्की पुल

Chaupati
safha napa

दोधारा चाँदनी नगरपालिका–७ कञ्जभोजको जोगबुढा नदीमा पक्की पुल निर्माण पूरा भएको छ। सडक डिभिजन कार्यालय महेन्द्रनगरले ठेक्का प्रक्रियाद्वारा पुल निर्माण गरेको हो। मित्र निर्माण सेवाले १६ करोडको लागतमा पुल निर्माण गरेको छ। चार वर्ष लगाएर निर्माण गरिएको पुलको लम्बाइ १७१ मिटर छ।

पुल निर्माण नहुँदा यस क्षेत्रका बासिन्दाले निकै सास्ती खेप्दै आएका थिए। नदी तर्नका लागि बनाइएको झोलुङ्गे पुल जीर्ण हुँदा जोखिम मोलेर स्थानीय बासिन्दाले नदी वारपार गर्दै आएका थिए। नदीमा पक्की पुल निर्माण भएपछि सहजरूपमा आजतजावत गर्न सकिने भएको वडाध्यक्ष ज्ञानेन्द्र बहेकले बताए।

“पुल निर्माणले बालबालिकालाई नजिकैको विद्यालय र बजार जानका लागि सजिलो भएको छ”, उनले भने, “गाउँका बासिन्दा बिरामी परे एम्बुलेन्ससमेत ल्याउन सकिने अवस्था थिएन। पुल निर्माणले घरसम्मै एम्बुलेन्स र अन्य सवारीसाधन आउजाउ गर्न सक्छन।” उनका अनुसार कञ्जभोज पुल निर्माणले नगरपालिकाका अन्य वडासँगको सडक सञ्जालसमेत जोडिएको छ। कञ्जभोज गाउँ भारतीय सीमासँगै जोडिएको छ।

 


२३ कात्तिक २०७८, मंगलवार १३:०५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु