बैतडीमा भिरबाट लडेर महिलाको मृत्यु
बैतडीमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको सुर्नया गाउँपालिका–४ मा भिरबाट लडेर अन्दाजी ४२ वर्षीया तुलशी कुवँरको मृत्यु भएको हो।
सोमवार दिउँसो १ बजे खर काट्ने क्रममा गोठाखोला भन्ने स्थानमा भिरबाट लडेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक कुवँरका दुई छोरा एक छोरी छन्। उनका श्रीमान रोजगारीको क्रममा भारतमा छन्।
२२ कात्तिक २०७८, सोमवार १७:१२ बजे प्रकाशित































