punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

श्रीकोट बहुमुखी क्याम्पसमा सुविधासम्पन्न छात्रावास निर्माण

Chaupati
safha napa

बैतडी जिल्लाको दोगडाकेदार(३ मा रहेको श्रीकोट बहुमुखी क्याम्पसमा सुविधासम्पन्न छात्रावास भवन निर्माण गरिएको छ। उच्च शिक्षा अध्ययनका लागि आउने विद्यार्थीका लागि बसोबासमा सहजता ल्याउन छात्रावास निर्माण गरिएको हो।

संघीय सरकारको समपूरक कोष र दोगडाकेदार गाउँपालिकाको साझेदारीमा ३ करोड ४ लाख लागतमा उक्त छात्रावास निर्माण गरिएको हो। १७ कोठाहरू, २ हल, चमेनागृह र घेरपर्खाल सहितको दुई तले सुविधा सम्पन्न छात्रवास भवन निर्माण गरिएको श्रीकोट बहुमुखी क्याम्पसका प्रमुख दानबहादुर कार्कीले बताए।

उच्च शिक्षा हासिलका लागि आउने विद्यार्थीलाई छात्रावास बनिसकेपछि टाढाबाट बस्नको लागि सहज भएको क्याम्पस प्रमुख कार्कीले बताए। उनले भने, ‘छात्र र छात्रा दुबै बस्न मिल्ने गरेर व्यवस्था गरेका छौं।’

आफ्नो पहलमा छात्रावास निर्माण गर्न सफल भएको बताउदैं प्रतिनिधिसभा सदस्य दामोदर भण्डारीले शैक्षिक क्षेत्रका विकास र गुणस्तर सुधारमा जोड दिनुपर्ने बताए। ग्रामीण क्षेत्रमा बनेको छात्रावासले टाढाबाट यहाँ उच्च शिक्षा हासिल गर्न आउने विद्यार्थीलाई सहज हुनेछ।

उनले भने, ‘दुर्गममा सञ्चालनमा रहेको यस श्रीकोट बहुमुखी क्याम्पसलाई सुदूरपश्चिम प्रदेशकै नमूना शैक्षिक केन्द्रको रुपमा विकास गर्न जरुरी रहेको छ।’यसका साथै क्याम्पसको विकासका लागि आफू सधैँ लागिपर्ने प्रतिवद्धतासमेत व्यक्त गरे।

सोही यस्तै दोगडाकेदार गाउँपालिका अध्यक्ष चक्र कार्कीले शिक्षा क्षेत्रको विकास आफ्नो पहिलो प्राथमिकता रहेको बताए। उनले भने,‘शैक्षिक क्षेत्रको विकास र गुणस्तर सुधार गर्ने उद्देश्यअनुरूप गाउँपालिकाको पहिलो प्राथमिकतामा शिक्षा रहेको छ।’

त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पसका रुपमा रहेको श्रीकोट बहुमुखी क्याम्पस वि स २०६९ सालमा स्थापना भएको हो। हाल यहाँ स्नातकोत्तरसम्मको पढाई हुने गर्दछ। यस क्याम्पसका हाल बैतडीका विभिन्न स्थानका २५० बढी विद्यार्थी अध्ययनरत रहेका छन्।


२२ कात्तिक २०७८, सोमवार १२:५३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु