punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रधानन्यायाधीश राणाले तोके आफ्नो पनि इजलास, तर राखेनन् अरु मुद्दा

Chaupati
safha napa

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले झण्डै दुई सातापछि आफ्नो इजलास तोकेका छन्।राणाले आफू र न्यायाधीश कुमार चुडाल रहेको संयुक्त पूर्ण इजलास तोकेका हुन्। यो इजलासमा दुईवटा बन्दी प्रत्यक्षीकरणका रिट तोकिएको छ।

सोमबार ६ वटा इजलास तोकिएको छ। जसमा दुईवटा एकल इजलास र चारवटा संयुक्त इजलास छन्।तर कुनै पनि इजलासमा बन्दी प्रत्यक्षीकरणबाहेकका रिट भने पेशी चढाइएको छैन। सर्वोच्च अदालतका न्यायाधीश र कानुन व्यवसायीहरुले प्रधानन्यायाधीशको राजीनामा माग्दै विरोध गरिरहेका छन्।

न्यायाधीशहरुले बन्दी प्रत्यक्षीकरणबाहेकका रिट हेरेका छैनन्। कानुन व्यवसायीले पनि कालोपट्टी बाँधेर विरोध जनाइरहेका छन्।सोमबार पनि एक घण्टा विरोधका कार्यक्रम गरेको नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बताए।

सोमबार दिउँसो नेपाल बारले ९० वटै बार इकाइसँग छलफल गरेर थप विरोधका कार्यक्रम तय गर्ने श्रेष्ठले बताए।यसअघि आइतबार पनि भर्चुअल छलफल भएको थियो। नेपाल बारले प्रधानन्यायाधीश राणालाई मुद्दा नहेर्न र राजीनामा दिन भने पनि राणाले आफ्नो पनि इजलास तोकेका हुन्।

यसअघि उनले सुरुका केही दिन एकल इजलासमा बसेर मुद्दाको सुनुवाइ गरे पनि बार र न्यायाधीशको विरोधपछि आफूबाहेकको मात्रै इजलास तोक्दै आएका थिए।प्रधानन्यायाधीशको राजीनामा माग गर्दै वकिल र न्यायाधीशहरु १५ दिनदेखि आन्दोलनमा छन्।


२२ कात्तिक २०७८, सोमवार १२:४७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु