punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

५ दिदीबहिनी जसले भाइटीकाको दक्षिणा अनाथ आश्रमलाई दिए

Chaupati
safha napa

समाज व्यक्ति केन्द्रित हुन थालेको चिन्ता बढिरहँदा अरूका लागि सोच्नेको सङ्ख्यामा पनि कमी छैनन्। यहाँका पाँच दिदीबहिनी कुसुम, सविता, पूजा, लक्ष्मी र निर्मिता थापाले भाइटीकामा प्राप्त दक्षिणा बाल आश्रमलाई सहयोग गरी मानवीय सेवाको उदाहरण प्रस्तुत गरेका छन्।

भाइटीकामा प्राप्त दक्षिणाबाट केही चिनो किन्ने र माइतीको सम्झना साँट्ने चलन हुन्छ तर ती उनीहरूले आफूले पाएको दक्षिणा कन्सन बाजुराद्वारा सञ्चालित बाल अनाथाश्रमलाई सहयोग गरेका हुन्। अहिले आश्रममा १३ अनाथ बालबालिका आश्रित छन्।

आश्रमका आजीवन सदस्य नरेन्द्र थापाले पाँच दिदी बहिनीको प्राप्त रकम सस्थाका अध्यक्ष बहादुर थापालाई हस्तान्तरण गरेका थियो। रकम थोरै भए पनि आफूहरूको खुसी साहराविहीन बालबालिकालाई बाँड्न खोजेको सविताले जानकारी दिइन्। मनकारी र सहयोगीले नै बाल आश्रम सञ्चालन गर्न सहज र साहस भएको सस्थाका अध्यक्ष थापाले बताए।


२२ कात्तिक २०७८, सोमवार १२:४० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु