punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीमा काँग्रेसको वडा अधिबेशनको माहोल तात्यो, जिल्ला कार्य समितिको बैठक कार्तिक २४ गते

Chaupati
safha napa

नेपाली काँग्रेस कैलालीले जिल्ला कार्य समितिको बैठक कार्तिक २४ गते निर्माण ब्यवसायी सघको सभाहलमा गर्ने भएको छ। नेपाली काँग्रेस केन्द्रीय निर्वाचन समितिले कार्तिक २७ गते देखि वडा अधिबेशनको मिति तय गरेपछि काँग्रेस जिल्ला कार्य समिति कैलाली पनि तातेको हो।

बैठक दिउँसो ११ बजेका लागि तय गरिएको छ। उक्त बैठकमा अधिवेशन केन्द्रित महत्त्वपूर्ण निर्णय हुने १४ औ महाधिवेशन प्रचार प्रसार समिती कैलालीका जिल्ला नृप बहादुर सुनारले जानकारी दिए।

उक्त बैठकमा जिल्लाका लागि खटिएका केन्द्रीय निर्वाचन प्रतिनिधि टेक प्रसाद सुवेदी सहितको उपस्थितिमा जिल्लामा रहेका पार्टी केन्द्रिय सदस्य र आमन्त्रित केन्द्रिय सदस्यर प्रतिनिधि सभा उम्मेदवारर पुर्व जिल्ला सभापति/प्रदेश सभा साँसद/ पुर्व साँसदर पुर्व जिविस सभापति/उपसभापति/ जिल्ला पदाधिकारी/सदस्य/ क्षेत्रीय सभापतिर प्रदेश सभा सभापति/ प्रदेश सभा उम्मेदवारर नगर/ गाउँपालिका सभापतिर नगर/ गाउँपालिका प्रमुख/उपप्रमुख/अध्यक्ष/उपाध्यक्ष उम्मेदवारर भ्रातृ एवं शुभेच्छुक संस्थाका अध्यक्ष/सभापति महानुभावहरु सहभागी हुने काँग्रेस कैलालीका पार्टी सभापति नर नाराण शाह मनुले जानकारी दिए।

उक्त बैठकले यहि नेपाली काँग्रेस १४ महाधिवेशनको नयाँ कार्यतालिका अनुसार कात्तिक २७ गते वडा, कात्तिक ३० गते पालिका अधिवेशन ,मंसिर ३ गते प्रदेश सभा अधिवेशन मंसिर ६ गते स् संघीय निर्वाचन क्षेत्र अधिवेशन मंसिर १० गते जिल्ला अधिवेशन भब्य सभ्य , एकता, मेलमेलाप, सहमति, सहकर्य र सह अस्तित्वलाई आत्मा साथ गरि अधिबेशनका सबै प्रक्रिया बिबाद रहित ढंगले सम्पन्न गर्न सबैलाई अनुरोध गर्ने र अधिबेशनका लागि आवश्यक निर्णय गर्ने समेत प्रचार समितिका सयोजक सुनारले बताए।

यस अघि निर्वाचनलाई ब्यवस्थित गर्ने कार्तिक ६ गतेको जिल्ला कार्य सम्पादन समितिको निर्णय अनुसार पार्टी सभापती नर नारायण शाहको अध्यक्षतामा १५०१ सदस्यीय जिल्ला अधिबेशन मुल ब्यवस्थापन समिती गठन गरि सकेको छ छ। मुल समितिलाई सहयोग गर्न ११ जना सयोजक रहने गरि बिभिन्न समिती निर्माण गरिएको छ।

जसमा आर्थिक ब्यवस्थापन समिती सयोजक शेर बहादुर देउवा, अधिबेशन प्रचार प्रसार समिती सयोजक- नृप बहादुर सुनार , स्वयंसेवक समिती सयोजक- कृष्ण पाण्डे, आवास ब्यवस्थापन समिति सयोजक-केशब मिश्र, भोजन ब्यवस्थापन समिती सयोजक-नारायण सत्याल, यातायात ब्यवस्थापन समिती सयोजक-टेकराज जोशी, प्राथमिक उपचार समिती सयोज- उत्तम जोशी, मच ब्यवस्थापन समिती सयोजक-पुरन चौधरी, अतिथी सत्कार समिती सयोजक-रेखा देवकोटा, सचिवालय ब्यवस्थापन समिती सयोजक- कमला शर्मा र निर्वाचन ब्यवस्थापन समिती सयोजक नवराज रावललाई तोकिएको छ। बैठकले जिल्ला अधिबेशनको स्थान मेनरोड धनगढीमा अवस्थित ओम प्यालेसमा गर्ने निर्णय गरि सकेको छ।


२२ कात्तिक २०७८, सोमवार १२:३३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु