punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कांग्रेस कैलालीको सभापतिमा बमको उम्मेदवारी घोषणा

Chaupati
safha napa

नेपाली कांग्रेस कैलालीका वर्तमान उपसभापति प्रकाश बमले कांग्रेसको आगामी महाँधिवेसनमा सभापतिको उम्मेदवारी दिने घोषणा गरेका छन् ।नेपाली कांग्रेसको १५ औं महाँधिवेसन अन्तरगत आगामी मंसिरमा हुने जिल्ला अधिवेसनका लागि बमले सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

उपसभापति भएपछि कैलालीमा कांग्रेसको गुटगत राजनीति अन्त्य गरेको बताउँदै उनले संगठन सुदृढिकरण गर्दै पार्टीलाई थप बलियो बनाउन सभापतिमा उम्मेदवारी दिने निर्णय गरेको बताए ।

‘हाम्रो मेहनतका कारण कैलाली कांग्रेसमा गुटगत राजतीति अन्त्य भएको छ,’ बमले भने,‘म सभापति भएपछि स्थानीय तह देखी संघिय निर्वाचनमा कांग्रेस पहिलो पार्टी बन्ने छ, संगठन सुदृढिकरण गर्न पनि मैले सभापतिमा उम्मेदवारी दिने घोषणा गरेको हुँ ।

’लामो समय कांग्रेसका विभिन्न जिम्मेवारी सम्हाल्दै उपसभापति समेत बनिसकेको बताउँदै बमले आगामी महाँधिवेसनमा सभापति पदमा लड्ने घोषणा गरेका हुन् । उनले सवै कार्यकर्ताको रोजाईमा आफुनै पर्ने दावी गरे ।

‘विगत दुई बर्ष देखी मैले सभापतिका लागि तयारी गरेको छु,’ सोमबार पत्रकार सम्मेलन गर्दै उनले भने,‘त्यस क्रममा सवै पालिका र वडामा म पुगेको छु, सबै क्षेत्रबाट मलाई सहयोग छ ।’आफ्नो उम्मेदवारीमा जिल्ला देखी केन्द्रको सहयोग रहेने विश्वास लिएको उनले बताए । नेपाली कांग्रेस कैलालीको वडा र पालिका स्तरिय अधिवेसन पछि आफ्नो टिम घोषणा गर्ने उनले बताए ।


२२ कात्तिक २०७८, सोमवार १२:२४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु