परराष्ट्रमन्त्रीले भने : चैत-वैशाखसम्म देशमा ‘अर्ली इलेक्सन’ हुन सक्छ
परराष्ट्रमन्त्री डा. नारायण खड्काले आगामी चैत-वैशाखसम्म देशमा ‘अर्ली इलेक्सन’ हुन सक्ने बताएका छन्।विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानीका क्रममा उनले यस्तो बताएका हुन्।
उनले तत्कालै ‘अर्ली इलेक्सन’सम्भव नभए पनि सत्तारुढ गठबन्धनबीच सहमति भएमा आगामी चैत-वैशाखमा हुन सक्ने उल्लेख गरे।’तत्कालै ‘अर्ली इलेक्सन’ सम्भाव छैन’, उनले भने, ‘तर सत्तारूढ दलबीच सहमति जुटेमा आगामी चैत-वैशाखमा त्यो हुनसक्छ।’
फरक प्रशंगमा खड्काले प्रदेश १ मा कांग्रेस नेतृत्वको सरकार गठन हुन सक्ने सम्भावना रहेको बताएका छन्।आइतबार विश्वासको मतदानपछि नयाँ सरकारको नेतृत्वबारे निर्णय गरिने जानकारी दिएका छन्।मन्त्री खड्काले प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारमा सहभागी गठबन्धन दलबीच छलफल र सहमतिका आधारमा प्रदेश सरकारबारे ‘प्याकेज’ मा निर्णय गरिने पनि बताए।
उनले प्रदेश १ र बागमतीमा आधा-आधा कार्यकाल नेतृत्व गर्नेबारे प्रस्ताव आएको बताए। ‘तर अहिलेसम्म त्यसबारे निर्णय भएको छैन’, उनले भने।मन्त्री खड्काले राष्ट्रिय जनगणना कार्यालयले लिपुलेक क्षेत्रमा आफ्नो कार्यअनुसार जनगणना गर्ने व्यवस्था मिलाउने पनि बताए।भारतले अतिक्रम गर्दै आएको नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानीमा केन्द्रीय तथ्यांक विभागले जनगणनाबारे आवश्यक छलफल गरिरहेको पनि बताए।
६ कात्तिक २०७८, शनिवार १५:१३ बजे प्रकाशित












