सेती अस्पतालमा ६ जनामा कोरोना पुष्टि, एकको मृत्यु
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा ६४ जनाको नमूना परिक्षण गरिएकोमा ६ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले जनाकारी दिए ।
हाल अस्पतालमा ११ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । जसमध्ये ६ जनाको आइसियुमा उपचार भईरहेको छ भने २ जनाको भेन्टिलेटरमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामामा एक जना कोरोना संक्रमितको मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार मृत्यु हुनेमा कञ्चनपुरको वेदकोट नगरपालिका ५ का ३५ बर्षीय महिला रहेको जनाएको छ ।
६ कात्तिक २०७८, शनिवार १५:१८ बजे प्रकाशित












