बैतडी बाढीः सेतीमा पानीको वहाव घट्यो,अवस्था सामान्य

सेती नदी गाउँ पस्दा डुबानमा फसेको बैतडीको सिगास गाउँपालिका–५ ढुंगाडबस्ती सामान्य अवस्थामा फर्किन थालेको छ।बुधबार नदीमा पानीको बहाब घट्दै गए पछि त्यहाँको अवस्था हुदै गएको गाउँपालिकाका प्रवक्ता राम बहादुर धामीले बताए।

सोमबार राती सेती नदी गाउँ पस्दा ढुंगाडका ५० जना बाढीमा फसेका थिए।उनीहरुको उद्धारको लागि मंगलबार बेलुका नेपाली सेनाको हेलिकप्टर गएको थियो । तर हेलिकप्टर अवतरण गर्न नसकेर फर्किएको थियो।

‘पानी घट्दै गएकाले अहिले अवस्था सामान्य छ। कुनै मानवीय क्षति हुन पाएन’, गाउँपालिका प्रवक्ता धामीले भने, ‘खेतबाली पूर्ण रुपमा नष्ट भएको छ।’


३ कात्तिक २०७८, बुधवार १३:०७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु