बझाङका बाढीपीडितको हेलिकोप्टरबाट उद्धारको तयारी
बझाङका बाढीपहिरोपीडितलाई हेलिकोप्टरबाट उद्धार गर्ने तयारी भएको छ।बझाङको थलारा गाउँपालिकाका बाढीपीडितको उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर पठाउन लागेको सुदूरपश्चिम प्रदेश सरकारकी प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले बताइन्।
उद्धार गर्नुपर्ने आवश्यक भएका अन्य ठाउँबारे जानकारी गराउन पनि मन्त्री जोशीले अनुरोध गरिन्। टेलिफोन सम्पर्कविच्छेद भएकाले बाढीपहिरोबाट भएको क्षतिबारे यकिन जानकारी पाउन भने कठिन भएको उनको भनाइ छ।
३ कात्तिक २०७८, बुधवार ०९:२४ बजे प्रकाशित












