बाढीपहिरोमा परी डोटीमा थप दुईजनाको मृत्यु

बाढी पहिरोमा परी डोटीमा थप दुईजनाको मृत्यु भएको छ। सायल गाउँपालिका–५ गुरेनाडमरीका ५५ वर्षीय हिरूवा विकको मृत्यु भएको छ। उनको मंगलबार बेलुकी पहिरोमा पुरिएर मृत्यु भएको हो।

स्थानीय रेखा शर्माले दिएको जानकारी अनुसार हिरुवाका छोरा रमेश र भतिजा भीम घाइते भएका छन्। तीमध्ये रमेशको अवस्था गम्भीर छ।

त्यस्तै‚ मंगलबार नै छत्रेश्वर खोलाले बगाएर बेपता भएका सायल–१ का ७४ वर्षीय वीरे रोके मृत फेला परेका छन्। उनी घरदेखि १०० मिटर तल फेला परेका थिए। योसँगै डोटीमा बाढी पहिरोमा फरी मृत्यु हुनेको संख्या ११ पुगेको छ।

पहिरोले आदर्श गाउँपालिका–६ बगिना गाउँका २५ घरमा क्षति पुर्‍याएको स्थानीय हर्क बोहराले जानकारी दिए।


३ कात्तिक २०७८, बुधवार ०९:२३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु