महाकालीमा पानीको बहाब घट्दै, कटान नरोकिएकाले सर्तक रहन आग्रह

आइतबारदेखिको अविरल वर्षासँगै महाकाली नदीमा बढेको पानीको बहाब घट्दो क्रममा रहेको छ ।आज बिहान ७ बजे गरिएको मापनअनुसार पानीको बहाब तिन लाख ६१ हजार क्युसेक रहेको छ ।मंगलबार साँझ पाँच लाख ४७ हजार क्युसेक मापन गरिएको पानीको बहाब बिहानसम्म आईपुग्दा घटेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न्योपानेले बताए ।

उनले भने, ‘पानी घट्ने क्रममा छ, तर कटान चाँही रोकीएको छैन, घट्ने बेलामा अझै कटान गर्ने सम्भावना बढी हुन्छ ।’उनले प्रहरीले सबैलाई सुरक्षित स्थानमा लग्ने तयारी ष्रिरहेको बताए ।, ‘महाकाली पुलसंगै निर्माणधीन सडक काटेर दुई मिटर मात्र बाँकी छ, बाढी बस्तीमा पस्ने सम्भावना बढ्यो, सतर्कता अपनाउन आग्रह गरिरहेका छौ ।’

महाकाली नदीले चारलेन सडक पुरै कटान गर्ने सम्भावना बढेसंगै नदी गाउँ पस्ने खतरा बढेको छ । महाकाली बस्तीमा पसेमा तटिय क्षेत्रका भीमदत्त नगरपालिको भुजेला, ऐरी, ओदाली, बडैपुर, सोना टोल, विजया टोल, पिपरिया, लगायत क्षेत्रमा ठुलो क्षति हुनेछ ।


३ कात्तिक २०७८, बुधवार ०९:१० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु