सुदूरपश्चिमका पहाडी जिल्लाका सबै सडक अवरुद्ध
सुदूर पश्चिमका सात पहाडी जिल्ला जोड्ने अधिकांश सडक पहिरोले अवरुद्ध भएका छन् ।सात वटै पहाडी जिल्ला जोड्ने सडकहरुमा दर्जनौ स्थानमा पहिरो गएका कारण तत्काल सडक सञ्चालनमा आउन समेत कठिनाई भएको छ ।
कैलालीको चुरे गाउँपालिकाको फल्टुडे र भासु क्षेत्रमा गएको पहिरो हटाएर झण्डै २० घण्टापछि हिजो साँझ सडक सञ्चालनमा आएपनि पुनः भीमदत्त राजमार्गका बिभिन्न ठाउमा गएको पहिरोका कारण सडक अवरुद्ध भएको छ ।
धनगढी–जोड्ने भीमदत्त राजमार्ग, डडेल्धुरा–डोटी, डडेल्धुरा–बैतडी, बैतडी–बझाङ, बैतडी–दार्चुला, डोटी–अछाम, अछाम–बाजुरा जोड्ने सडक खण्डका बिभिन्न स्थानमा पहिरो गएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक बिक्रम चन्दले पश्चिम टुडेलाई बताए ।
उनले सुदूर पश्चिमका सात वटा पहाडी जिल्ला जोड्ने सम्पूणृ सडकहरु पहिरोकारण अवरुद्ध भएको बताए ।
३ कात्तिक २०७८, बुधवार ०९:०० बजे प्रकाशित












