बैतडीमा एकै घरका ३ जनाको मृत्यु
बैतडीको शिवनाथ गाउँपालिका–६ बसेडीमा पहिराले घर बगाउँदा ३ जनाको मृत्यु भएको छ । माटोसंगैको पहिरोले स्थानीय रामी पार्किको घर बगाउदा उनकी २ बुहारी र १ नातीको मृत्यु भएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्ण साउँदले बताए ।
मृत्यु हुनेमा १८ वर्षकी पवित्रा पार्कि, २४ वर्षकी भानु पार्कि र ३ वर्षको सोम पार्कि रहेका छन् । मृतकको प्रहरीले भर्खरै मात्र उद्वार गरेको उनले बताए ।
२ कात्तिक २०७८, मंगलवार १९:२३ बजे प्रकाशित












