बाढीपीडितलाई राहत र क्षतिपूर्तिको व्यवस्था गर : काँग्रेस कैलाली
अबिरल वर्षाका कारण कैलालीमा धानबाली र अन्यबालीहरुमा पुगाएको क्षतिप्रति नेपाली काँग्रेस कैलालीको ध्यान आर्कषण भएको छ ।काँग्रेस कैलालीले सोमवार एक विज्ञप्ति निकाल्दै पानीले धान र अन्यबालीहरुमा भएको क्षतिपूर्ति यकिन गरि तत्काल उद्वार र राहतको घोषणा गर्न सरोकारवाला निकाय, स्थानीय सरकार, प्रदेश र संघीय सरकारसँग माग गरेको छ ।
वर्षाका कारण जिल्लाका विभिन्न नाला र नदीहरुको जलस्तरको बहाव खतराको तहभन्दा माथि पुगेकोले भारतसँग सीमा जोडिएका जिल्लाका दक्षिण भेगमा बसोबास गरिरहेका जनताको सम्भावित मानवीय क्षति रोक्नसमेत माग गरिएको छ ।
काँग्रेसले विज्ञप्तिमार्फत राहत, क्षतिपूर्ति र पुर्ननिर्माणका लागि तदारुकतासमेत सम्बन्धित निकायको ध्यानार्कषण गराएको छ । विपतको परिस्थितीमा कृषि क्षेत्रलाई जोगाउनुका साथै थप टेवा पु¥याउन तत्काल कृषि राहत प्याकेजको घोषणा गर्नुपर्ने नेपाली काँग्रेस कैलालीका पार्टी सभापति नरनारायण शाह (मनु)द्वारा प्रकाशित विज्ञप्तीमा उल्लेख छ ।

२ कात्तिक २०७८, मंगलवार १८:४७ बजे प्रकाशित












