नदीमा माछा मार्न गएका ३ जना बेपत्ता
कैलालीको लम्कीचुहामा नदीमा माछा मार्न गएका तीन जना बेपत्ता भएका छन् ।सोमबार दिउँसो माछा मार्न गएका लम्कीचुहा नगरपालिका वडा नम्बर ३ ढुङ्गे बजारका ६१ वर्षीय खडकबहादुर घर्तीमगर, ३५ वर्षीय बिक्रम घर्तीमगर र २६ वर्षीय खडक रानामगर बेपत्ता भएका हुन् ।
उनीहरु सोमबारनै बेपत्ता भएको भएपनि आफन्तले मंगलबार मात्रै प्रहरीलाई जानकारी दिएपछि घटना ढिलोगरि सार्वजनिक भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता, प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रतीक बिष्टले जानकारी दिए ।
उनले आफन्तले घटनाबारे जानकारी गराएपश्चात ईलाका प्रहरी कार्यालय चिसापानीको टोली बेपत्ताहरुको खोजीमा खटिएको बताए ।
२ कात्तिक २०७८, मंगलवार १७:३४ बजे प्रकाशित













