महाकालीमा फसेका ५ जनाको हेलिकप्टरबाट उद्धार
कञ्चनपुरको भीमदत्त नगरपालिका ९ खल्ला मसेट्टीमा महाकालीको बाढीमा सोमबार रातिदेखि फसेका ५ जनाका मंगलबार उद्धार भएको छ । मंगलबार साँझ उद्धार गरेर नेपाली सेनाको हेलिकप्टर फर्किएको हो ।
‘सबैको सकुशल उद्धार गरेर हेलिकप्टर फर्किएको छ,’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी सिद्धराज न्यौपानेले भने, ‘सबैको एकरएक गरेर उद्धार गरिएको हो ।’
कुखुराको खोर कुर्न गएका उनीहरु सोमबार रातिदेखि महाकालीमा बाढी बढेपछि बीचमा फसेका थिए । बाढी बढ्दै गएपछि उनीहरु ज्यान जोगाउन रुखमा चढेका थिए । रुखमै चढेको अवस्थामा उनीहरुको उद्धार गरिएको हो ।
२ कात्तिक २०७८, मंगलवार १७:३७ बजे प्रकाशित













