धनगढीको एसटिएस सिनेमामा प्याराडाईज क्याफे संचालनमा

धनगढीमा सुविधासम्पन्न प्याराडाईज क्याफे संचालनमा आएको छ । एसटिएस सिनेमा हलमा झण्डै ३५ लाखको लगानीमा क्याफे संचालन गरिएको छ ।तत्कालिन आवस्यकतालाई मध्यनजर गर्दै सिनेमा हलमा न्य न्चभभल, क्बाभ ल्बतगचभ भन्ने मुल उद्देश्यका साथ क्याफे संचालन गरेको क्याफेका संचालक सुनिल यादवले बताए ।

सिनेमा हलमा फिल्म हेर्नका लागि आउनेहरुको सुविधालाई मध्यनजर गर्दै क्याफेको अवधारणा ल्याएको हो, उनले भने, हल संचालनको समय बाहेक अन्य समयमा पनि सेवा दिन्छौं ।

त्यस्तै यादवले हलको प्राङ्गणमा क्याफे भएतापनि अन्य सेवाग्राहीले पनि जुनसुकै समयमा सेवा लिन सक्ने बताएका छन ।क्याफे संचालन भएसंगै पारिवारिक माहोलमा सेवा दिने बताईएको छ । क्याफेमा आउने सबै सेवाग्राहीले वातावरणिय आनन्दका साथमा विभिन्न सेवा लिन सक्ने क्याफेका संचालक यादवले बताएका छन ।

हाम्रो उदेश्य नाफा कमाउनु मात्र होईन, उनले भने, गुणस्तरिय सेवा प्रवाह गर्नु नै मुख्य धेय हो ।क्याफेमा थकाली खाना पाउनुका साथै थारु लगायत विभिन्न संस्कृतीका खानाका परिकार पाईने यादवले बताएका छन । उनका अनुसार हरेक हप्ता फरक फरक स्वादका परिकार पाईनेछन ।


२ कात्तिक २०७८, मंगलवार १७:१७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु