नदीले बगाउँदा ट्याक्टर चालक बेपत्ता
कैलालीको खुटिया नदीले एक जनालाई बगाएको छ। लगातारको वर्षापछि नदीमा आएको बाढीले एक जनालाई बगाएको हो।नदी छेउमा ढुङ्गागिटी लोड गरिरहेका ट्याक्टर चालक बगेर बेपत्ता भएका हुन्।
नदीमा बेपत्ता भएका गोदावरी नगरपालिका वडा नम्बर ७ बस्ने वर्ष ३० का गणेश आउजीको खोजी भइरहेको डिएसपी प्रतीक विष्टले जानकारी दिए।उनको खोजीका लागि अहिले गोताखोरसहितको टोली घटनास्थलमा गएको विष्टले बताए।
१ कात्तिक २०७८, सोमवार १५:४० बजे प्रकाशित













