अछामको चौखुट्टेमा पहिरो जाँदा सडक अवरुद्ध

अछामको चौखुट्टे नजिकै पहिरो जाँदा सडक अवरुद्ध भएको छ । साँफेबगर सिलगढी सडक खण्ड अन्र्तगत मार्कु र चौखुट्टेको बीच सिमानामा पहिरो गएपछि सडक अवरुद्ध भएको हो ।

आईतबार राति देखि आएको अविरल वर्षाले पहिरो खसे पछि सडक खण्ड बन्द भएको छ ।आइतबार धनगढीबाट आएका यात्रु बाहक बस, मालबाहक गाडी साना जीप बाटोमै रोकिएका यात्रु रोशन रावलले जानकारी दिए ।

यता मंगलसेन, जयगढ र साँफेबगर देखि गएका गाडी पनि बाटोमै रोकिएका छन् । सडक नखुल्दा समयमै गन्तव्यमा पुग्न कठिनाई भएको छ भने निरन्तरको वर्षाले यात्रुहरुलाई असहज भएको छ ।

त्यस क्षेत्रमा यसअघि पनि पटक पटक पहिरोले सडक अवरुद्ध हुँदै आएको थियो । वर्षा नभए पनि सुख्खा पहिरो खस्न भएकाले सडक अवरुद्ध हुँदै आइरहेको थियो । अल्पकालीन रूपमा बाटो खुलाउने काम भइरहे पनि दीर्घकालीन समाधान हुन सकेको छैन ।

सडक खुलाउन सडक डिभिजन कार्यालय सँग कुरा गरेर जेसीबी पठाई सकेको अछामका प्रमुख जिल्ला अधिकारी रुद्र बहादुर मल्लले बताए ।


१ कात्तिक २०७८, सोमवार १५:३३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु