punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

स्थानीय सरकारका प्रतिनिधिहरुका लागि सुशासन तालिम

Chaupati
safha napa


धनगढी २८ असोज / अमेरिकी राजदूतावास र कैलाली उद्योग वाणिज्य संघको सहकार्यमा स्थानीय सरकारका पदाधिकारीहरुका लागि सुशासन सम्बन्धि तालिम मंगलबारबाट धनगढीमा सुरु भएको छ ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गरेको तालिममा सुदुरपश्चिम प्रदेशका २० भन्दा बढी स्थानिय तहका उपप्रमुख / उपाध्यक्षहरुको सहभागीता रहेको छ ।

तालिमको उद्घाटन गर्दै भट्टले नेपालको विकासमा अमेरिकी सरकारको सहयोगबारे चर्चा गर्दै डेढ दशकसम्म जनप्रतिनिधि विहीन रहेका स्थानीय सरकारमा दुई वर्ष अघि निर्बाचित जनप्रतिनिधिहरुको क्षमता अभिबृद्धि का साथै सुशासन प्रबर्द्धनका लागी अमेरिकी सरकारले गरिरहेको सहयोगको प्रशंसा समेत गरे ।

संघका अध्यक्ष पुष्पराज कुँवरको अध्यक्षतामा उद्घाटन गरिएको तालिम तीन दिनसम्म सञ्चालन हुने छ । तालिममा सुदूरपश्चिममा २० भन्दा बढी स्थानीय तहका उप–प्रमुखहरुको सहभागिता रहेको छ ।


२८ असोज २०७६, मंगलवार १४:४० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु