नेत्रविक्रम चन्द ‘विप्लव’ धान काट्नमा व्यस्त !

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ पछिल्लो समय गृहजिल्ला कपिलवस्तुमै व्यस्त छन्।पार्टीमाथिको प्रतिबन्ध हटेपछि उनी धेरै समय काठमाडौं बसेनन्।

हालै पार्टीको केन्द्रीय समिति बैठक, जनवर्गीय संगठनका विभिन्न कार्यक्रममा सहभागी हुन विभिन्न जिल्ला पुगेका विप्लव फेरि गृहनगर फर्केका छन्।

विप्लवले सार्वजनिक कार्यक्रममा सरकारसँग भएको ३ बुँदे सहमति कार्यान्वयन हुनुपर्ने माग राख्दै आएका छन्। घेरा हाल्न खोजे आफूहरुलाई अमान्य हुने चेतावनी पनि दिदै आएका छन।

सरकारसँग सहमति भएको लामो समय हुँदा पनि अझै सय बढी नेता–कार्यकर्ता जेलमै बन्दी जीवन बिताइरहेका छन।


२४ असोज २०७८, आइतवार १५:३४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु