बुटवलको मोतिपुरमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा ६ जना घाइते
रुपन्देहीको बुटवलस्थित मोतिपुर औद्योगिक क्षेत्र परियोजनामा बनेका छाप्राहरु हटाउने क्रममा झडप हुँदा ६ जना घाइते भएका छन् । झण्डै दुई हजार बढी मानिस जम्मा भइ छाप्रा हटाउन लागेका प्रहरीमाथि ढुंगामुढा गरेपछि दोहोरो झडप भएको हो ।
स्थितीलाई नियन्त्रणमा लिन प्रहरीले १९ राउण्ड अश्रुग्याँस हानेको थियो । बुटवल उपमहानगरपालिका १७ मोतिपुरको औद्योगिक क्षेत्रमा पछिल्लो समय अस्थायी छाप्रा बनाएर बस्ती बस्न थालेपछि प्रहरीले स्थानीय प्रशासनको निर्देशनमा हस्तक्षेप गरेको थियो ।
२४ असोज २०७८, आइतवार १५:३० बजे प्रकाशित













