७ मिनेट बसेर स्थगित भयो प्रतिनिधि सभाको बैठक, अर्को बैठक असोज २२ मा
प्रतिनिधि सभाको मंगलबारको बैठक करिब ७ मिनेट बसेर स्थगित भएको छ। अर्को बैठक असोज २२ गतेका लागि तोकिएको छ।नेकपा एमालेका सांसद्हरुले मंगलबारको प्रतिनिधि सभा बैठक पनि अवरोध गरे। सभामुख अग्निप्रसाद सापकोटाले सदनको कारबाही सुरु भएको घोषणा गर्नासाथ एमाले सांसद्हरु वेल घेराउ गर्न अघि बढेका थिए।
सभामुख अग्निप्रसाद सापकोटाले भने सभा नियमित प्रक्रियामा प्रवेश गरेर आफ्नो कुरा अनुरोध गरेका थिए। उनले नियमित अवरोध गरिरहँदा संसद्प्रति वितृष्णा बढ्न सक्नेमा सचेत गराएका थिए। उनले बैठक सञ्चालनमा सहयोगको अपेक्षा गरेका भए पनि एमालेको अवरोध रोकिएन।उनीहरुले ुकालो धन हामीलाई चाहिँदैन, देश लुट्न पाइँदैनुु, ुयथास्थितिमा संसद् चल्न सक्दैनु लगायतका केही हप्तायता लगाइरहेका नाराहरु दोहोर्याएका थिए।
अवरोधकै बीच सभामुख सापकोटाले प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई राष्ट्रिय दलित आयोगको प्रतिवेदन २०७७र७८ प्रस्तुत गर्न समय दिएका थिए। मन्त्री कार्कीले प्रतिवेदन पेश गरेका छन्।एमालेले गत भदौ २३ गतेदेखि सुरु भएको नवौं अधिवेशनदेखि प्रतिनिधि सभाको बैठकमा नाराबाजी गरिरहेको छ।
१९ असोज २०७८, मंगलवार १३:५५ बजे प्रकाशित





























