सेती अस्पतालमा ५ जनामा कोरोना पुष्टि
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ५ जनामा कोरोना पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ६४ जनाको नमूनाको कोरोना परिक्षण गरिएकोमा ५ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले जनाकारी दिए ।
सो अवधिमा अस्पतालमा १ जना भर्ना भएका छन् । भने ५ जना डिस्चार्ज भएका छन् । हाल अस्पतालमा ८ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । जसमध्ये ३ जनाको आइसियु र १ जनाको भेन्टिलेटरमा उपचार भईरहेको अस्पतालले जनाएको छ ।
१९ असोज २०७८, मंगलवार १५:०० बजे प्रकाशित






























