punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अनुपम, परिणिति र बोमन काठमाडौंमा

Chaupati
safha napa

फिल्म छायांकनका लागि बलिउड कलाकारहरु अनुपम खेर, बोमन इरानी, परिणिति चोपडा र सारिका हसन नेपाल आएका छन् । सुरज बडजात्याको निर्देशनमा बन्न लागेको ुउचाईु फिल्मका लागि उनीहरु नेपाल आइपुगेका हुन् ।

‘प्लेन चार्टर गरेर उहाँहरुको टोली आइतबार नेपाल आइपुगेको हो,’ ‘उचाईुको नेपाल व्यवस्थापन हेरेको थ्री ह्विलर्स कम्पनीका एक अधिकारीले बताए । केही समय अगाडि सुटिङस्थल हेर्नका लागि बडजात्या नेपाल आउँदा अमिताभ बच्चन र डेनी डेनजोङपोङ पनि नेपाल आउने कुरा थियो । तर उनीहरु नेपाल नआएको पनि उनले बताए ।

अभिनेता अनुपम खेरले मंगलबार बिहान सामाजिक सञ्जालमा पशुपतिनाथ मन्दिरको दर्शन गरेको भिडियो समेत राखेका छन् । उनले विमानस्थलमा ओर्लनासाथ नेपालको तारिफ गर्दै लेखेका थिए– ‘मन्दिर र स्तुपाहरुको सहरमा लामो समयको अन्तरालपछि फर्कनु खुसीको कुरा हो । सुरजसँगको यो मेरो चौथौं फिल्म हो ।’बलिउड कलाकारको यो टोलीले मनाङ, मुस्ताङ, लुक्ला, लाङटाङलगायतका ठाउँमा फिल्म छायांकन गर्ने बताइएको छ ।

 

 


१९ असोज २०७८, मंगलवार १३:१३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु