punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

शिव शिखर सहकारी डडेल्धुराद्वारा दसैँतिहार विशेष नगद उपहार

Chaupati
safha napa

शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाको सुविधा केन्द्र डडेल्धुराले दशैं–तिहार विशेष नगद उपहार वितरण गरेको छ। सुपर पेन्सन मासिक बचतका आधारमा सहकारीले ३ सय ३० बचतकर्तालाई करिब ५ लाख नगद उपहार वितरण गरेको सुविधा केन्द्र डडेल्धुराका प्रबन्धक डम्बरराज पनेरुले जानकारी दिए।

भक्तपुरमा मुख्य कार्यालय रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाको सुविधा केन्द्र डडेल्धुरा सदरमुकाम अमरगढी ५ बागबजारमा रहको छ। सहकारीले दैनिक बचतदेखी मासिक तथा वार्षिक विभिन्न बचत खाताहरू ग्राहक माझ ल्याएको छ।

यस्तै, शिव शिखरले शनिबारबाट देशभर थप ५ गार्डेन मार्ट डिपार्टमेन्ट स्टोर पनि सञ्चालनमा ल्याएको छ। यस अवसरमा देशभर गार्डेन मार्टहरुबाट विशेष छुट अफरको व्यवस्था पनि गरेको सुविधा केन्द्र डडेल्धुराका प्रबन्धक पनेरुले बताए। उनका अनुसार लुगा कपडामा २५ प्रतिशत, जुतामा २० प्रतिशत र इलेक्ट्रोनिक्स समाग्रीमा १५ प्रतिशत छुट गरिएको छ।

मार्टबाट घरायसी, खाद्यान्न, इलेक्ट्रोनिक्स, कपडा, पेय पदार्थलगायतका बस्तु विक्री भइरहेका छन्। संस्थाले डडेल्धुरा, भक्तपुर, पोखरा, चितवनको भरतपुर र टाँडी, सुर्खेत, अत्तरिया, बाग्लुङ र गाइघाटपछि हेटौंडामा खोलिएको छ। यस वर्ष देशभर ५० वटा मार्ट खोल्ने योजना संस्थाको रहेको बताएको छ।


१७ असोज २०७८, आइतवार १२:२९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु