punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

घरमै बसेर मोबाइल एपको सहायताले आफूमा कोभिड-१९ छ/छैन थाहा पाउनुहोस्

Chaupati
safha napa

स्वाकाठमाडौं : स्वास्थ्य मन्त्रालयले घरमै बसेर कोभिड-१९ को स्व:मूल्यांकनको लागि नयाँ मोबाइल एप ‘हाम्रो स्वास्थ्य’ सञ्चालनमा ल्याएको छ।

कोभिड-१९ विरुद्धको ‘इन्टरएक्टिभ म्यापिङ’ गर्ने सुविधासहितको सो एपको स्वास्थ्यमन्त्री भानुभक्त ढकालले शुरूआत गरेका छन्।

तत्कालकाे लागि वेब पोर्टल covid19.mohp.gov.np बाट डाउनलोड गर्न सकिनेछ। केही दिनमै गुगल प्लेस्टोरबाट सार्वजनिक गरिने स्वास्थ्य मन्त्रालयले जनाएकाे छ।

स्वास्थ्य मन्त्रालयमा केहीबेरअघि प्रेस ब्रिफिङ गर्दै स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोना भाइरस संक्रमणको रोकथामको जोखिम घटाउन यो एप सहयोगी हुने बताए।

“यसमा व्यक्ति आफैँले कोरोना भाइरस संक्रमणको सम्भावित लक्षणहरू छ भने इन्ट्री गरेर स्व: मूल्यांकन गराउन सक्नेछन्”, देवकोटाले भने, “त्यस्तै आफूले खोजेको सुविधा नजिकको अस्पतालमा छैन भने अर्को नजिकको अस्पताल पहिचान गर्न एपले सहयोग गर्नेछ।”

उनका अनुसार आफूमा कोभिड-१९ छ कि छैन र कुन अवस्थामा छु भन्ने एपमार्फत घरमै बसेर थाहा पाउन सकिनेछ।

यसबाहेक मन्त्रालयले कोभिड-१९ सम्बन्धी आधिकारिक सूचना यसैबाट जानकारी दिनेछ।

त्यस्तै एपकै सहायताबाट नजिकमा रहेको अस्पताल तिनमा रहेको उपचार क्षमता लगायतका विषयमा पनि जानकारी गर्न सहयोग पुग्ने प्रवक्ता देवकोटाले बताए।

स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोना भाइरस विरुद्धको लँडाईलाई प्रविधिमैत्री बनाउँदै लैजान मोबाइल एप शुरू गरिएको जानकारी दिए।

“कोरोनाविरुद्धको सावधानीपूर्वक हाम्रो लँडाईलाई व्यवस्थित गर्दै अगाडी बढेका छौं। अभाव रहेका धेरै सामग्रीहरू प्राप्त गरेका छौं। देशका जुनसुकै ठाउँमा संक्रमण हुनसक्ने सम्भावनालाई ध्यान दिएर त्यही अनुसारको तयारी गरेका छौं”, ढकालले भने।

मन्त्रालयले शुरू गरेको नयाँ मोबाइल एप र यसको प्रयोगबाट नागरिकहरूले सुरक्षित अनुभूति गर्न सहयोग पुग्ने मन्त्रीको भनाइ छ।


१७ चैत २०७६, सोमवार ००:५५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु