punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

घटस्थापनाको उत्तम साइत बिहान ११:४६ बजे

Chaupati
safha napa

यस वर्षको बडा दशैँका साइतहरू सार्वजनिक भएका छन् । बिहीबार गृह मन्त्रालयले सूचना जारी गरेर साइतहरू सार्वजनिक गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको संस्कृति शाखाको पत्रअनुसार गृह मन्त्रालयले साइतहरू सार्वजनिक गरेको हो ।

घटस्थापनाको उत्तम साइत बिहान ११:४६ बजे रहेको मन्त्रालयले जनाएको छ । विजया दशमी एवम् टीकाको समय भने यसअघि नै सार्वजनिक गरिसकिएको छ ।

टीकाको उत्तम साइत १०:२ बजे छ । फूलपाती तथा तुलजा भवानी यात्रा बिहान ७स्११ बजे र स्थिरासन बिहान ८:४४ बजे रहेको छ ।

२०७८ सालको बडादशैँसँग सम्बन्धित साइतहरू

१. वि.सं. २०७८ असोज २१ गते, बिहीबार – नवरात्रारम्भ, घटनास्थापना बिहान ११:४६ बजे।

२. वि.सं. २०७८ असोज २२ गते, शुक्रबार – झण्डा फेर्ने, बिहान ११:५६ बजे। (पश्चिम मोहडा)

३. वि.सं. २०७८ असोज २५ गते, सोमबार – श्री पचलीभैरव यात्रा।

४. वि.सं. २०७८ असोज २६ गते, मङ्गलबार – फूलपाती, श्री तुलजाभवानी यात्रा बिहान ७:११ बजे। स्थिरासन बिहान ८:४४ बजे।

५. वि.सं. २०७८ असोज २७ गते, बुधबार – महाअष्टमी, कालरात्रि ।

६. वि.सं. २०७८ असोज २८ गते, बिहीबार – महानवमी  ।

७. वि.सं. २०७८ असोज २९ गते, शुक्रबार – विजया दशमी, देवी विर्सजन बिहान ८:१९ बजे। टीका – बिहान १०:२ बजे
श्री तुलजाभवानी यात्रा बिहान ७:१ बजे ।

स्थिरासन बिहान ८:३२ बजे, खड्गयात्रा ।

८. वि.सं. २०७८ कार्तिक २ गते, मङ्गलबार – अखिलबलिपूर्ति ।

९. वि.सं. २०७८ कार्तिक २ गते, मङ्गलबार – कोजाग्रत व्रत ।


१४ असोज २०७८, बिहीवार १४:४३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु