punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

राष्ट्रसंघको महासभामा भाग लिएर परराष्ट्रमन्त्री स्वदेश फिर्ता

Chaupati
safha napa

परराष्ट्र मन्त्री डा. नारायण खड्का संयुक्त राष्ट्रसंघको ७६ औँ महासभामा भाग लिएर स्वदेश फर्किएका छन् । परराष्ट्रमन्त्री डा. खड्कासहितको टोली संयुक्त राष्ट्रसंघको ७६ औँ महासभामा भाग लिएर बिहीवार बिहान स्वदेश आइपुगेको हो ।

महासभा बैठकको सम्बन्धमा विमानस्थलमा पत्रकारसँग कुरा गर्दै मन्त्री खड्काले आफुले महासभाको बैठकमा कोभिड १९ को प्रभावबाट विश्वलाई मुक्त गर्नको लागि सबै राष्ट्रहरूलाई खोप, औषधी उपचार तथा अन्य उपकरणमा समान पहुँच हुनुपर्ने विषय उठाएको बताए ।

त्यस्तै जलवायु परिवर्तनले नेपालको हिमालय श्रृङ्खलामा ल्याएको परिवर्तनबारे विश्व सचेत हुनुपर्ने, दिगो विकास लक्ष्य प्राप्त गर्नका लागि नेपालजस्तो राष्ट्रलाई सहयोग प्रदान गर्नुपर्ने लगायतको विषय आफुले सम्बोधनका क्रममा उठाएको उनले बताए ।

त्यसैगरी, विश्वमा आतंकवादको खतरा मुक्त गर्न साझा कार्यक्रम अघि बढाउनुपर्ने तथा शक्ति राष्ट्रहरु हातहतियारको होडबाजीबाट मुक्त भएर हातहतियारमा लगानी गर्ने स्रोत साधन कम विकसित र विकासोन्मुख राष्ट्रको हितमा प्रयोग गर्नुपर्ने कुरा सशक्त रुपमा उठाएको पनि उनले जानकारी दिए ।

परराष्ट्रमन्त्री खड्काले नेपाल संयुक्त राष्ट्र संघमा शान्ति मिसन पठाउने चौथो ठुलो राष्ट्र भएको हुनाले नेपालका सिपलाई उचित सम्मान गर्नुपर्ने र उच्च पद दिनुपर्ने कुरा उठाएको पनि बताए ।उनले भारत, बंगलादेश, बहराइन, कुवेत, माल्दिभ्सका परराष्ट्र मन्त्रीहरुसँग द्धिपक्षीय हितका विषयमा कुरा गरेको तथा विचार आदान प्रदान गरेको सो क्रममा बताए । मन्त्री खड्काले नेपालले सशक्त र जोडदार रुपमा मुद्दाहरु उठाएको भन्दै ति मुद्दाहरु संयुक्त राष्ट्रसंघमा अभिलिखित हुनेमा विश्वास व्यक्त गरे ।

 


१४ असोज २०७८, बिहीवार १४:३७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु