बैतडीमा मोटरसाइकलबाट खसेर महिलाको मृत्यु

बैतडीमा मोटरसाइकलबाट खसेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको पञ्चेश्वर गाउँपालिका–३ कुलाउबाट आम्चोरा जाने क्रममा आइतबार मोटरसाइकलबाट खसेर पञ्चेश्वर–३की ५० वर्षीया लक्ष्मी साउँदको मृत्यु भएको हो।

पञ्चेश्वर–१का वडा सदस्य परमल घटालले चलाईरहेको सु.प.प्र ०१००३ प २६६१ नम्बरको मोटरसाइकल पछाडी बसेकी साउँद खसेर गम्भीर घाइते भएकी थिइन्।

उनलाई उपचारका लागि केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।


१० असोज २०७८, आइतवार १९:१९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु