४०९ जनाको आँखा परिक्षण

नेपाल नेत्रज्योति संघ गेटा आँखा अस्पताल र लायन्स क्लब अफ धनगढी सिटीको आयोजना तथा ड्याक फाउण्डेशनको सहयोगमा निःशुल्क आँखा परिक्षण गरिएको छ ।शनिबार श्री जनकल्याण मावि जुगेडामा संचालित आँखा शिविरमा ४०९ जनाको आँखा परिक्षण गरि १४४ जनालाई निःशुल्क चश्मा उपलब्ध गराईएको छ ।

यस्तै १९९ जनाको निःशुल्क औषधि उपचार पनि भएको छ ।उक्त शिविरमा ६६ जना मोतिविन्दुका विमारीहरुको निःशुल्क शल्यक्रिया गरि लेन्स प्रत्यारोपण गर्न तथा ६ जना जलविन्दु र १ जना ट्रकोमाका बिरामीहरु गरि जम्मा ७३ जनालाई गेटा आँखा अस्पतालमा निःशुल्क शल्यक्रियाको लागि पठाईको छ ।

गेटा आँखा अस्पतालका बरिष्ठ नेत्र अधिकृत श्री रमेश चन्द्र भट्टको नेतृत्वमा संचालित शिविरमा १२ जना प्राविधिकहरुको टोलीले सेवा प्रदान गरेका हो।उक्त शिविरमा नेपाल नेत्रज्योति संघ कैलालीका पदाधिकारी, लायन्स क्लब अफ धनगढी सिटीका पदाधिकारीहरुले व्यवस्थापनमा महत्वपूर्ण योगदान पुर्याएका थिए ।


१० असोज २०७८, आइतवार १९:२३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु