बडीकेदार गाउँपालिकाको सभापतिमा जोशी विजयी
नेपाली काँग्रेसको १४ औ महाधिवेशन अन्तर्गत बाजुराको बडीकेदार गाउँपालिका स्तरीय अधिवेशनमा सभापतिमा करुणाकर जोशी विजयी हुनु भएका्े छ ।उहाँका निकटतम प्रतिद्वन्द्व वीरेन्द्र बहादुर कोटकेनि लाई ६,मतले हराउँदै जोशी विजयी, भएका हुन ।
दुवै तर्फका ८ मत बदर भएका छन् । यस्तै उपसभापतिमा ३७ मत ल्याएर वीर कलेल ३३ मत ल्याएर हरिराम सापकोटा विजयी हुनु भएको छ । उहाँका निकटतम प्रतिद्वन्द्व ठक्कर बोहराले २२ लाल सीङालले १८ मत ल्याएर पराजित हुनु भएको छ ।
सचिव पदका ४ जना दाबेदार मध्ये ३८ मत ल्याएर सिद्ध विष्ट ३७ मत ल्याएर गणेशराज जोशी विजयी हुनु भएको छ । उहाँका निकटतम प्रतिद्वन्द्व रोज बहादुर कलेल ३५ मत दीपक बहादुर बोहराले २५ मत ल्याएर पराजित हुनु भएको छ ।
बाकी विषय हिजो नै टुङ्गिएको निर्वाचन अधिकृत मीन बहादुर बलमे जानकारी दिएका छन् । यस्तै नेपाली काँग्रेसको १४ औँ महाअधिवेशन बाट बोगटान फुड्सिल गाउँपालिका सभापतिमा खडक सिंह बोहरा ,उप सभापतिमा जित बहादुर बम र खेमराज बास्तोला ,सचिवमा नरेश बहादुर बम र शंकर बिक ,सह सचिवमा प्रेम सिंह चयन भएका छन् ।
१० असोज २०७८, आइतवार १८:५२ बजे प्रकाशित












