सुदूरपश्चिमका ४६ जनामा कोरोना संक्रमण

सुदूरपश्चिममा थप ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट १ हजार ४१ जनाको परीक्षण गर्दा थप ४६ जनामा कोरोना पुष्टि भएको हो।पछिल्लो २४ घण्टामा १ सय १७ जनाको पीसीआर परीक्षण गर्दा ३३ जना संक्रमित पाइएका छन् ।

यस्तै ९ सय २४ जनाको नमूना एन्टिजेन विधिबाट परीक्षण गर्दा थप १३ जनामा कोरोना पुष्टि भएको हो ।सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ८९ जनाको कोरोना परीक्षण भएकोमा २२ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै बैतडी अस्पतालमा १४ जनाको नमूना परीक्षण गरिएकोमा ९ जनामा र डडेल्धुरा अस्पतालमा १४ जनाको परीक्षण गर्दा २ जनामा कोरोना पुष्टि भएको छ । प्रदेशभर हालसम्म ५ सय ९१ जनाले ज्यान गुमाइसकेको छन् ।


७ असोज २०७८, बिहीवार १९:२४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु