punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कञ्चनपुर ट्राफिक प्रहरीद्वारा सवारी चालक सहित १० जना सम्मानित

Chaupati
safha napa

जिल्ला ट्राफिक प्रहरी कार्यालयले आज सात सार्वजनिक यातायातका चालकलाई सम्मान गरेको छ। लामो समयदेखि यहाँ यात्रुबाहक बस चलाउँदै आएका अग्रज चालकले ट्राफिक नियम पालन गरेका, दुर्घटना नगराएका र यात्रुलाई सम्मानजनक व्यवहार गर्ने गरेकाले सवारी चालक अनुशिक्षण तथा अन्तक्र्रियामा सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख पुरुषोत्तम कँडेलले सम्मान गरेका हुन्।

सम्मानित हुनेहरुमा महाकाली यातायात प्रालिका नवराज जोशी, पवनदूत यातायात कम्पनीका कर्णबहादुर थापामगर, सुनौलो महाकाली यातायात समितिका सुरेन्द्र बोहरा र पवनदूत यातायात एण्ड अटो म्यानेजमेन्ट प्रालिका रमेशबहादुर सिंह छन्।

त्यसैगरी नमस्ते शुक्लाफाँटा यातायात प्रालिका गणेश सिंह खत्री, सिद्ध बैजनाथ यातायात प्रालिका जानकी लुहार र कञ्चनपुर अटो यातायातका मदननाथलाई पनि सम्मान गरिएको थियो।

प्रहरी नायब महानिरीक्षक कँडेलले ट्राफिक नियम पालन गरेर दुर्घटना न्यूनीकरणमा सबैको ध्यान जानुपर्नेमा जोड दिँदै चाडपर्वका बेला दुर्घटना बढी हुने भएकाले प्रदेशभर ट्राफिक नियम र सचेतनासम्बन्धी कार्यमा प्रहरी सक्रिय रहने बताए।

“सवारी दुर्घटना नगराई, सावधानीपूर्वक सवारी साधन चलाउने र ट्राफिक नियम पालन गर्नेलाई हामीले सम्मान पनि गर्छौ भन्ने सन्देश पनि हो।”

कञ्चनपुर ट्राफिक प्रहरीका प्रमुख प्रहरी निरीक्षक केशवराज भट्टले भने,“ट्राफिक नियम उल्लङ्घन गर्नेलाई कारबाही गर्न पनि छोडिन्न।” गत आर्थिक वर्षमा सवारी दुर्घटनामा परी ३४ जनाले ज्यान गुमाएका थिए। ती घटनामा जरिवानाबापत “८० लाख सङ्कलन भएको थियो। रासस


७ असोज २०७८, बिहीवार १८:५३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु