दुई लाख बढी मूल्य बराबरको कपडा बरामद

कञ्चनपुर प्रहरीले २ लाख बढी मूल्य बराबरका अवैध सामान बरामद गरेको छ। जिल्लाको कृष्णपुर नगरपालिका–५ वनदेवीस्थित हरियाली सामुदायिक वनबाट उक्त सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

प्रहरीका अनुसार भन्सार छलेर ल्याइएका लेडीज सुट र थानका कपडा गरी २ लाख १८ हजार ५ सय मूल्य बराबरको कपडा बरामद भएको हो।

बरामद कपडा आवश्यक कारवाहीको लागि भन्सार कार्यालय त्रिनगर कैलाली बुझाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक शिद्धराज न्यौपानेले बताए।


६ असोज २०७८, बुधवार १८:०६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु